१६ आश्विन २०८१, बुधबार

शुक्रवार र शनिवार पाँच प्रदेशमा भारी वर्षाकाे सम्भावना, आइतवारदेखि माैसम सुध्रने

प्रकाशित मिति :  25 August, 2023 8:30 am


काठमाडाैँ । कोशी, मधेश, बागमती , गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्मानुमान विभागले जनाएकाे छ।

कोशी, बागमती, र गण्डकी  प्रदेशका थोरै स्थानहरू र मधेश र लुम्बिनी प्रदेशको  एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ। 

विभागका अनुसार शनिवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको  समेत सम्भावना छ । 

शनिवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ तथा कोशी, मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतवार देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागकाे बुलेटिनमा उल्लेख छ । आइतवार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस !