१६ आश्विन २०८१, बुधबार

रास्वपाले बोलायो संसदीय दलको बैठक

प्रकाशित मिति :  25 August, 2023 12:09 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा छलफलको लागि आज बैठक बस्न लागेको रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ । प्रमुख दलहरुले समितिका सभापतिमा भागबण्डा गरेका छन् । सभापति चयनको प्रक्रिया १० गतेदेखि सुरु हुने भएकाले पार्टीको धारणा तय गर्न रास्वपाको बैठक बस्न लागेको हो ।

बैठकमा दलको नेता रवि लामिछानेबाट समसामयिक राजनीतिक घटनाबारे ब्रिफिङ र संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्ने तयारी भएको प्रवक्ता ढकालले बताए ।

बैठकमा पार्टीले राखेका संकल्प प्रस्ताव, संसद्को पछिल्लो गतिविधि लगायत विषयमा पनि छलफल हुने प्रमुख सचेतक परियारले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !