१६ आश्विन २०८१, बुधबार

भारतको मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुग्यो

प्रकाशित मिति :  25 August, 2023 1:20 pm


काठमाडाैँ । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा मृत्यु हुनेको संख्या २६ पुगेको छ । एक प्रहरी अधिकारीकाअनुसार बुधवार पुल भत्किँदा अहिलेसम्म मृतकको संख्या २६ पुगेको हो ।

मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ शहरमा निर्माणाधिन पुल भत्किएको थियो ।

मृतकहरू सबै घटनास्थलमा काम गर्ने कामदार रहेको बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न निर्देशन दिनुकासाथै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गरेका छन् । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ब्र्रिक्स शिखर सम्मेलनका क्रममा घटनाप्रति दुःख व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !