१६ आश्विन २०८१, बुधबार

परमाणु विकिरणबाट उत्पन्न फोहोर पानी समुन्द्रमा फालेसँगै जापानमा आन्दोलन चर्कियो

प्रकाशित मिति :  25 August, 2023 1:24 pm


काठमाडौँ । जापान सरकारले हिजाे (बिहीबार) देखि फुकुसिमा दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित जल समुन्द्रमा फाल्न सुरु गरेसँगै आन्दोलन थप चर्किएको छ । जापानको उक्त निर्णय गरेसँगै प्रशान्त महासागर आसपासका क्षेत्र र देशहरूले विरोध जनाएका हुन् ।

साथै सरकारको सो निर्णयको स्थानीय र मत्स्य व्यवसायीहरूले समेत विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जापानले बिहीबार दिउँसो १ बजेबाट दुषित पानी प्रशान्त महासागरमा फाल्न सुरू गरेको हो । टेप्कोका अनुसार पहिलो चरणमा १७ दिनभित्रमा ७ हजार ८ सय टन दाइची परमाणु ऊर्जा संयन्त्रको परमाणु विकिरणबाट उत्पन्न दुषित पानी फाल्ने बताएको छ ।

दुषित पानीमा ६० भन्दा बढी रेडियोन्युक्लाइडहरू छन्, जसले समुन्द्री वातावरण र मानव स्वास्थ्यको लागि असर गर्छ । जापानको यो कदमसँगै छिमेकी देशहरू र प्रशान्त टापुका देशहरू आक्रोशित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !