१६ आश्विन २०८१, बुधबार

टर्कीको डढेलो नियन्त्रणमा : ४ हजार ८० हेक्टर जमिनमा क्षति

प्रकाशित मिति :  25 August, 2023 1:45 pm


काठमाडाैँ । टर्कीको उत्तर–पश्चिमी प्रान्त कनक्कलेमा दुई दिन यता जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको छ । बिहीबार टर्कीका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आएको बताएका हुन् ।

उनले आगलागीबाट ११ वटा गाउँमा क्षति पुगेको र कैयौँ घरहरूमा क्षति गरेको बताए । आगो फैलिएसँगै ११ गाउँहरू पूर्ण रूपमा खालि गराइएको थियो ।

डढेलोबाट ४ हजार ८० हेक्टर जमिनमा क्षति पुगेको छ । डढेको धुवाँका कारण ९७ जना बिरामी भएका छन् । तीमध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । आगलागी भएको क्षेत्र टर्कीको लोकप्रिय पर्यटकीय गन्तव्यस्थल पनि हो । यो पुरानो सहर पनि हो । जुन १९९८ मा युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !