१६ आश्विन २०८१, बुधबार

टर्कीले मुद्रास्फीति नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍यायो

प्रकाशित मिति :  25 August, 2023 2:31 pm


काठमाडौँ । टर्कीको केन्द्रीय बैंकले बिहीबार उच्च मुद्रास्फीति र मुद्राको उत्तारचढालाई नियन्त्रण गर्न बैंकको ब्याजदर २५ प्रतिशत पुर्‍याएको छ ।

मौद्रिक नीति समितिले १७।५ प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्‍याउने निर्णय गरेको टर्कीको केन्द्रीय बैंकले जनाएको हो । हालका सूचकहरुअनुसार देशको मुद्रास्फीति अत्यधिक बढेको छ ।

मुद्रास्फीतिमा सुधार नहुँदासम्म मौद्रिक नीतिलाई कडा बनाउने बताइएको छ । बढ्दो मुद्रास्फीतिलाई नियन्त्रण गर्न टर्कीले जुन महिनादेखि जुलाइसम्म आफ्नो नीति दर दुई पटक बढाएको छ ।

जुन २२ मा केन्द्रीय बैंकले बैंकको ब्याजदर ८।५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको थियो । जुलाई २० मा १५ बाट बढाएर १७।५ प्रतिशत पुर्‍याइएको थियो ।



प्रतिक्रिया दिनुहोस !