१६ आश्विन २०८१, बुधबार

ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भयोः घनश्याम भुसाल

प्रकाशित मिति :  25 August, 2023 5:32 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको उल्लेख गरे ।

महासचिव भुसालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे । उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । उनले अध्यक्ष ओलीका कारण बाम आन्दोलनको सबै सम्भावना टुटेको उल्लेख गरे ।

महासचिव भुसालले राजनीतिमा अहिले घृणित संस्कृति भइरहेको बताए । उनले गठबन्धनमा कांग्रेससँगै आफूहरु रहेपनि कांग्रेस आफूहरुको सिद्धान्त नभएको र गठबन्धन आफूहरूको भाग्य भविष्य नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !