१६ आश्विन २०८१, बुधबार

‘आपसी सद्भावको वातावरण बनाउन तीन तहको सरकार मिलेर अभियान चलाउनुपर्छ’

प्रकाशित मिति :  25 August, 2023 5:43 pm


काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले देशमा सामाजिक सद्भाव खलबल्याउन खोजिएको भन्दै सचेत हुनुपर्ने बताएका छन् ।

शुक्रबार चाँगुनारायण नगरपालिका ५ नम्बर वडा कार्यालय र छालिङ्ग स्वास्थ्य चौकीको नवनिर्मित भवनहरूको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले सामाजिक सद्भाव खलबल्याएर जनतामा निराशा उत्पन्न गर्ने प्रवृत्ति देखा पर्न थालेको बताएका हुन् ।

सद्भाव खलबल्याउने गतिविधिलाई प्रश्रय दिन थालिएको भन्दै यसप्रति सबै तहका सरकार, राजनीतिक दलहरू र आम नेपाली जनता सचेत हुनुपर्ने बताए । उनले आपसी एकता र सामाजिक सद्भावले नै देशको विकास निर्माणलाई अगाडी बढाउने कुराको सन्देश बोकेर देशभर अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले सामाजिक सद्भाव खलबल्याउन अघि बढ्नेहरूलाई निरुत्साहित गर्नुपर्ने बताए । आपसी सद्भावलाई मजबुत बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा खड्काले जोड दिए ।



प्रतिक्रिया दिनुहोस !