१६ आश्विन २०८१, बुधबार

‘कक्षा १२ सम्म निःशुल्क शिक्षा दिनेकुरा संघीय शिक्षा ऐनमा राख्न सरकारले खुट्टा कमायो’

प्रकाशित मिति :  25 August, 2023 6:12 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राज्यले संविधानमा लेखिसकिएको कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नुपर्ने बताएका हुन् । उनले सरकारले आउँदै गरेको संघीय शिक्षा ऐनबाट पनि यस कुरालाई कसैको दबाबमा हटाएको भन्ने सूचना आफूले पाएको भन्दै कुनैपनि बहानामा निजी क्षेत्रलाई मुनाफा कमाउन दिन नहुने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले ल्याउन खोजिएको कुरालाई पनि विरोध गरेर कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्नेकुरा संघीय शिक्षा ऐनबाट हटाउन सरकारले खुट्टा कमाएको बताए । उनले लगानी गरेका निजी संस्थाहरुले ट्रष्ट बनाएर परोपकारी रुपमा देखिने गरी शिक्षा दिनुपर्ने बताए । उनले उच्च शिक्षाको हकमा धेरै लगानी राज्यको र थोरै हिस्सा निजी क्षेत्रलाई दिन सकिने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले अब शिक्षा सीमित मान्छेले मात्रै प्राप्त गर्ने कुरा नरहेको बताए । उनले अब प्रत्येक मान्छेले वैज्ञानिक शिक्षा, आधुनिक शिक्षा पाउनुपर्ने र त्यसको दायित्व राज्यले लिनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय नीति नबन्दा एकथरीले शिक्षालाई पूरै व्यापारीकरण गर्ने र अर्कोथरीले शिक्षाको महत्वबोध नै नगरिदिँदा शिक्षा राम्रो नभएको भन्दै द्वेध शिक्षा नीति अन्त्य हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !