१६ आश्विन २०८१, बुधबार

मुलुकमा सुशासन कायम राख्न नेताहरू स्वयं सुध्रिनुपर्छ : कांग्रेस नेता कोइराला

प्रकाशित मिति :  25 August, 2023 6:15 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले मुलुकमा विद्यमान भ्रष्टाचार र दण्डहीनताको अन्त्य र सुशासन कायम गर्न नेताहरू स्वयं सुध्रनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले शुक्रबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भ्रष्टहरूलाई कारबाहीको दायरामा नल्याएसम्म नेपाली जनता र अन्य मुलुकहरूले पनि नेपालका राजनीतिक नेतृत्वलाई विश्वास गर्ने अवस्था नरहेको पटकपटक दोहो¥याए । नेता कोइरालाले सबै राजनीतिक दलहरूले मुलुकमा सुशासन दिने मामिलामा प्रण गरेर अघि बढ्नुपर्ने बताए ।

नेता कोइरालाले भ्रष्टहरूलाई कारबाहीको दायरामा ल्याउन सकेमात्रै मुलुकलाई समृद्ध बनाउने जग तयार हुने बताए ।



प्रतिक्रिया दिनुहोस !