१६ आश्विन २०८१, बुधबार

भ्रष्टाचारविरुद्धको अभियानबाट तस्कर र ठगहरू अत्तालिएका छन् : गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  25 August, 2023 6:28 pm


काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताएका हुन् ।

‘प्रचण्ड नेतृत्वसको सरकारले चलाएको अभियानबाट तस्करहरू, ठगहरू भ्रष्टाचारीहरू आत्तिएका छन् । तर अधिकांश आम जनताहरू यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार बिरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,’ श्रेष्ठले भने ।

उनले सरकारले भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको टिप्पणी गरे। ‘भ्रष्टाचारविरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृहमन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,’ उनले भने, ‘यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरब्याजलाई अन्त्य गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचारविरोधी कदमकै निरन्तरता रहेको श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !