१६ आश्विन २०८१, बुधबार

रोल्पामा संगठन विस्तारमा राष्ट्रिय स्वतन्त्र पार्टी,वडासम्म अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  26 August, 2023 5:15 pm


रोल्पा । रोल्पामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तारलाई तीब्रता दिएको छ । पूर्वी रोल्पाको सुलिचौरमा आज सम्पन्न जिल्ला समितिको बैठकले जिल्लाका पालिकाहरूमा संयोजक र सह-संयोजक चयन गरेको छ ।

रास्वपाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीका अनुसार बैठकले लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर संयोजक र सागर कुमार थापा सह-संयोजक, त्रिवेणी गाउँपालिकमा रमेश थापा क्षेत्री संयोजक र भुपेन्द्र सिं वली सह-संयोजक चयन भएका छन् ।

त्यस्तै सुनछहरी गाउँपालिकामा बालाराम डाँगी संयोजक, गंगादेव गाउँपालिकामा भुवन केसी संयोजक र चन्द्र वली सह-संयोजक, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी संयोजक, सुनिल स्मृति गाउँपालिकामा विक्रम घर्तीमगर संयोजक र कर्णजङ केसी सह-संयोजक, थबाङ गाउँपालिकामा अमृत डाँगी संयोजक र मनोज कुमार बुढालाई सह संयोजकको जिम्मेवारी दिइएको छ ।

माडी गाउँपालिकामा कमल खडका संयोजक र मन प्रकाश केसी सह-संयोजक, परिवर्तन गाउँपालिकामा गण बहादुर केसी संयोजक र श्याम कुमार विक सह-संयोजक र रोल्पा नगरपालिकामा रमेश थापा क्षेत्री संयोजक र एचबी घर्तीमगरलाई सह-संयोजकको जिम्मेवारी दिइएको छ ।

निर्वाचन क्षेत्र समितिको कार्य विभाजन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाको बैठकले जिल्ला निर्वाचन समितिका पदाधिकारीह—को कार्य विभाजन समेत गरेको छ । समितिको सभापतिमा रमेश थापा क्षेत्री, उपसभापतिमा भुपेन्द्र सिं वली र सचिवमा बालाराम डाँगी छन् । सदस्इमा एचबी घर्तीमगर र मुना डाँगी छन् ।

जिल्ला अनुशासन आयोग गठन

रास्वपाले जिल्ला अनुशासन आयोग पनि गठन गरेको छ । बालाराम डाँगीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरिएको हो । आयोगका सदस्यमा मुना डाँगी र क्षितिज पुन छन् ।

बैठकले जिल्लाका विभिन्न वडामा वडा समिति गठनका लागि पहल गर्ने निर्णय गरेको छ ।

‘वडा वडामा रास्वपा अभियान’ अन्तर्गत भदौ १७ गते वडा भेला गर्ने, भदौ ३१ गते अभिलेखीकरण प्रमाणित गर्ने, असोज १ देखि २० गतेसम्म उमेदवारी आह्वान गर्ने, असोज २१ देखि कार्तिक ९ गते सम्म उमेदवारहरुको नामावली प्रकाशन गर्ने, कार्तिक १० देखि १५ गतेसम्म निर्वाचन अन्तर्गत मतदान गर्ने र कार्तिक १८ गते निर्वाचन परिणाम घोषणा गर्ने केन्द्रीय कार्य तालिका रहेको छ ।

जिल्लामा पार्टीको गतिविधिलाई तीव्रता दिने जिल्ला संयोजक रमेश थापा क्षेत्रीले बताए । उनले भने,“रोल्पामा पनि रास्वपाको सांगठनिक गतिविधिलाई तीव्रता दिन लागि परेका छौं । पछिल्लो समय जिल्लामा रास्वपाको सदस्यता लिने क्रम बढेर गएको छ ।”

संयोजक थापाले रोल्पामा रास्वपाप्रतिको आकर्षण बढिरहेको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस !