१६ आश्विन २०८१, बुधबार

गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी गर्मी मापन

प्रकाशित मिति :  26 August, 2023 7:42 pm


काठमाडौँ । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो ।

गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सल्सियससम्म पुगेको छ ।

गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरू रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरू अपनाउन आग्रह गरेका छन् ।

बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमबार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो ।

ड्रोमको न्योन्समा ४२।२ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !