७ आश्विन २०८१, सोमबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा कपिलवस्तुमा रहेको ग्लोबल डेरी उद्याेगकाे अवलोकन

प्रकाशित मिति :  26 August, 2023 9:02 pm


कपिलवस्तु । लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्ली चौधरीसहितको टोलीले कपिलवस्तुमा रहेको ग्लोबल डेरी अबलोकन गरेको छ ।

मुख्यमन्त्री चौधरीसहित लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थी, नवराज लामिछाने, रिमा नेपाल, बुद्धभूमि नगरपालिका मेयर केशव श्रेष्ठ, वाणगंगा नगरपालिकामा मेयर चक्र अर्याल, बुद्धभूमि नगरपालिका वडा नं १ र ९ का वडा अध्यक्ष लगायतले ग्लोबल डेरीको अवलोकन गरेका हुन् ।

ग्लोबल डेरी उद्योगले लुम्बिनी प्रदेशको दुग्ध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

अवलोकनका क्रममा मुख्यमन्त्री चौधरीसहितको टोलीले उद्योग सञ्चालक एवं उद्योगमा कार्यरत कर्मचारीहरूलाई धन्यवादसहित प्रशंसा गरेको थियो । मुख्य मन्त्री चौधरीले उद्योगको थप प्रगतिको कामना गर्दै लुम्बिनी प्रदेश सरकार सदैव आवश्यक सहयोग गर्न तयार रहेको बताए ।

डेरी उद्योगका सञ्चालक एवं अध्यक्ष थानेश्वर न्यौपानेका अनुसार हाल उद्योगले दैनिक ५० हजार दुध उपभोक्ता माझ पुर्‍याइरहेको छ भने दैनिक ५० लाख रुपैयाँ शहरबाट गाउँसम्म किसानको हात पु¥याउन सहयोग गरेको छ ।

२० हजारभन्दा बढी किसानसँग कारोबार गरिरहेको, उद्योगमा दैनिक २०० जनालाई रोजगार दिइएको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश गरि ९ जिल्लाबाट हाल दुध संकलन गरिरहेको न्यौपानेले बताए ।

२०७१ सालमा संस्थापक कमल न्यौपानेले सुरु गरेको उद्योग देशकै ठूलो उद्योगको रुपमा स्थापित भएको छ ।

अब छिट्टै पाउडर दुध कारखाना लगाउने योजना रहेको अर्का संचालक एवं प्रबन्ध निर्देशक जनक न्यौपानेले जानकारी दिए । उद्योगले आफ्नो बजार काठमाडौंदेखि पोखरासम्म बिस्तार गरेको छ ।



प्रतिक्रिया दिनुहोस !