७ आश्विन २०८१, सोमबार

डेरी एसाेसिएसन र रैथानेबिच सम्झाैता, अब रैथाने हाटबजारमा हरेक शनिबार माेही सेवन गराइने

प्रकाशित मिति :  27 August, 2023 9:10 am


काठमाडाैँ । स्वदेशी उत्पादन प्रवर्दधनका लागि नेपाल डेरी एसाेसिएसन र रैथाने एग्री प्रडक्टसबिच सम्झाैता भएकाे छ। 

हरेक शनिबार काठमाडाैँकाे दरबारमार्गमा हुदै आएकाे रैथाने हाट बजारमा उपस्थित हुनेलाइ एसाेसिएसनले  निशुल्क रूपमा मही सेवन गराउने गरी सम्झाैता भएकाे हाे । 

केमिकल हालिएका पेय पदार्थ साटाे माेही सेवन गर्दा जनताकाे स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने भएकाे मही सेवन अभियान शुरू गरिएकाे एसाेसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए । 

“हामीले यसअघि पनि यस्ता अभियान सञ्चालन गरेका छाैं, खासगरी किसानकाे उत्पादनकाे बजारीकरण र उपभाेक्ताकाे स्वास्थ्यका लागि हामीले सामाजिक उत्तरदायीत्व बहन गर्दै मही सेवन अभियान चलाएका छाैं,” दाहालले भने।  

ओरिन्टल क्याफे परिसरमा रैथाने हाटबजार सञ्चालनका लागि क्याफेसँग रैथानेको दुई वर्षको सम्झौता छ । एसोसिएसनले रैथाने हाटबजारको सम्झौता अनुरुप हाटबजार चलेसम्मका लागि मही सेवन गराउने सम्झौता गरेको हो । 

हाटबजारमा ठेकीमा मही पारेर प्रत्यक्ष माेही पारेकाे पनि अवलाेकन गर्न पाइनेछ भने गाउँघरकाे जस्ताे ठेकीबाट मही निकालेर अवलाेकनकर्तालाइ दिने व्यवस्था गरिएकाे छ । रैथानेका अध्यक्ष तिलक ढकालले रैथाने उत्पादन प्रवर्धनका लागि हरेक हप्ता लगाइने हाटबजारमा एसाेसिएसनकाे साथ पाउँदा खुशी व्यक्त गरे । 

कार्यक्रममा पूर्व संस्कृति तथा पर्यटन प्रदेश मन्त्री याङ्गकिला शेर्पा, बागमती प्रदेश सांसद रमेश कुमार महत, मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा लगायतका वक्ताले रैथाने अभियान र माेही खुवाउने अभियानकाे प्रशंसा गर्दै अभियानमा साथ दिने प्रतिवद्धता व्यक्त गरे । 

अभियानकाे उद्घाटन कार्यक्रममा एसाेसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (अनाज)का अध्यक्ष किरण आचार्य, टक्सार म्यागजिनका कार्यकारी सम्पादक हिम बिष्ट, नेपाल डेरी एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरे, सदस्य शिव घिमिरे, नवराज तिमल्सिना, रमेश सञ्जेल,  काठमाडौं जिल्ला समितिका सचिव शिव प्रसाद तिमल्सिना र सदस्य जयराम घिमिरे, ललितपुर दुग्ध व्यवसायी समितिका उपाध्यक्ष दिपक सञ्जेल, कोषाध्यक्ष हुद्धराज तिमल्सिना लगायतका कृषिका सराेकारवालाकाे उपस्थिति थियाे । 



प्रतिक्रिया दिनुहोस !