१६ आश्विन २०८१, बुधबार

ललिता निवास जग्गा प्रकरणः २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता

प्रकाशित मिति :  27 August, 2023 1:47 pm


काठमाडाैँ । बालुवाटारस्थित प्रधानमन्त्री निवास वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पु¥याएको भन्दै चार पूर्व मन्त्रीसहित २९० जनाबिरूद्ध अदालतमा मुद्दा दायर भएको छ ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो ।

त्यस्तै ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । उनीहरुमाथि किर्तेको अभियोग भने छैन, तर किर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !