१६ आश्विन २०८१, बुधबार

नेकपा एमालेले दुईओटा संसदीय समितिका सभापतिमा गरायो उम्मेदवारी दर्ता

प्रकाशित मिति :  27 August, 2023 3:18 pm


काठमाडौं । नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको हो।

आइतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन्।

पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् भने सांसद शाहको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक र समर्थकमा एमाले सांसद अस्माकुमारी चौधरी रहेका छन् ।

सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको एमालेका सचेतक महेश बर्तौलाले बताए ।



प्रतिक्रिया दिनुहोस !