१६ आश्विन २०८१, बुधबार

विप्लव नेतृत्वको नेकपाद्वारा मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति कार्यालय नजिकै विरोध प्रर्दशन

प्रकाशित मिति :  27 August, 2023 4:00 pm


काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति(एसिए)को कार्यालय बाहिर प्रर्दशन गरेको छ ।

अमेरिकी सहयोग परियोजना एसिसी विरुद्ध चरणबद्ध आन्दोलनमा रहेको नेकपाले आज काठमाडौं दरबारमार्गस्थित रहेको एमसिए कार्यालय नजिकै विरोध प्रदर्शन गरेको हो ।

एमसीसी कार्यलय दरबारमार्गनजिकै आयोजित विरोध प्रदर्शनमा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिटी सदस्य उमा भुजेलले एसिसी जस्तो गम्भीर राष्ट्रघाती सम्झौता कुनै हालतमा स्विकार्न नसकिने बताइन् ।

अमेरिकाले नेपाललाई राजनीति र फौजी क्रिडास्थल बनाउने उद्देश्यले जबर्जस्ती लागु गर्न खोजेको उनको आरोप थियो ।

नेकपा उपत्यका ब्युरो र जवस मोर्चाले आयोजना गरेको कार्यक्रममा भुजेलले एसिसी कुनै हालतमा कार्यान्वयन गर्न नदिने चेतावनी दिइन् । नेकपाले एमसिसी सम्झौता कार्यान्वयनविरुद्ध आन्दोलन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !