१६ आश्विन २०८१, बुधबार

कोकको बोत्तलमा ढुसी भेटिपछि महानगरले लगायो १ लाख ५० हजार जरिवाना

प्रकाशित मिति :  27 August, 2023 4:04 pm


काठमाडौं । काठमाडौं महानगरपालिकाले कोकाकोला बिक्रेता कालिञ्चोक ट्रेडिङ नेपलालाई १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको छ ।

महानगरले कोकमा ढुसी भेटिपछि बिक्रेतालाई ७ दिन भित्र जरिवाना तिर्नुपर्ने भन्दै पत्राचार गरेको छ । बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ ।

‘त्यस्तै अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ । सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ ।

शुक्रबार भृकुटी मण्डपमा १ थान सिसाको बोत्तलमा ढुसी लागेको कोकाकोला भेटेपछि महानगरले उत्पादन कम्पनीसँग छलफल गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !