३ आश्विन २०८१, बिहिबार

कोरोनाबारे स्वतन्त्र जाँचको माग चीनद्धारा अस्वीकार, अमेरीकामा मात्रै ५१ हजारको ज्यान गयो

प्रकाशित मिति :  25 April, 2020 8:08 am


एजेन्सी, १३ वैशाख ।

कोरोना भाइरसको सुरुवात भएको विषयमा स्वतन्त्र जाँचको माग चीनले अस्वीकार गरिदिएको छ ।

बेलायतमा बीबीसीसँग कुरा गर्दै चीनका उच्च कुटनीतिक अधिकारी चेन वेनले स्वतन्त्र जाँचको माग राजनीतिबाट प्रेरित रहेको र कारोना विरुद्ध चीनको लडाईंलाई कमजोर पर्ने प्रयास भएको टिप्पणी गरेका छन् ।

चीनमाथी आरोप छ कि उसले कोरोना संक्रमणको विषयमा पारदर्शीता अपनाएको छैन र सूचनाहरु लुकाएको छ । यूरोपीयन यूनियनको रिपोर्टका अनुसार चीनले कोरोना भाइरससँग जोडिएका सही सूचनाहरु सार्वजनिक हुन दिएको छैन ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले एउटा विज्ञ टोली कोरोना अध्ययनका लागि चीन पठाउन चाहेको समेत बताईससकेका छन् ।
यसैबीच, अमेरीकामा कोरोनाका कारण मर्नेको संख्या ५१ हजार पार गरेको छ ।

अहिलेसम्म अमेरीकामा ५१ हजार १७ जनाको मृत्यु भएको तथ्याङ्क बाहिर आएको छ । संक्रमितको संख्या ९ लाख ९० हजार पुगेको छ । यस्तै इटलीमा २५ जार ९ सय ६९ स्पेनमा २२ हजार ५ सय २४ र फ्रान्समा २२ हजार २ सय ४५ र बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।
भारतमा संक्रमितको संख्या २५ हजार नजिक पुगेको छ । अहिलेसम्म २४ हजार ४ सय ४७ जना संक्रमित भेटिएका छन् भने ७ सय ८० जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण विश्वभर १ लाख ९५ हजार ९ सय २० जनाको मृत्यु भएको छ भने २७ लाख ९० हजार ९ सय ८६ संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस !