१६ आश्विन २०८१, बुधबार

सहकारीको अनियमितता व्यवस्थित गर्नुपर्ने चुनौति छः आरजु राणा

प्रकाशित मिति :  27 August, 2023 5:31 pm


काठमाडौँ । नेपाली काँग्रेस नेतृ डा।आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौति रहेको बताएकी छन् । संसदीय समितिको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सांसद राणाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

उनले समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई निर्देशन दिने र जनतालाई दिने सुविधाका बारेमा सरकारको काम कारबाहीप्रति जवाफदेही बनाउने बताइन् ।

‘समिति भनेको सरकारको विभिन्न मन्त्रालयहरूलाई उनीहरूको रिर्पाेट लिने, संविधानअनुसार मन्त्रालय अघि बढेको छ की छैन, साथै जनताको सहजता भएको छ की छैन ?’ उनले भनिन्,’जनताको जीवन र दैनिकीसँग सम्बन्धित विषयहरू हुन्छन् । काम गर्ने धेरै ठाउँ छ । सहकारीको अनियमितता धेरै छ । जुन उद्देश्यले खोलिएको थियो, त्यस्तो गतिमा नहिँडि अर्कै रफ्तारमा हिँडेको छ, त्यसलाई नियन्त्रण गर्नुपर्ने छ ।’

उनले आफू कृषकको छोरी भएका कारणले पनि कृषि समितिको सभापति रोजेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !