१६ आश्विन २०८१, बुधबार

ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग

प्रकाशित मिति :  28 August, 2023 7:43 am


काठमाडाैँ। ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान बेलायत–नेपालले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित नगराउन सरकारसँग माग गरेको छ । 

आईतवार अभियानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ब्रिटिस गोर्खाहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरेको हो । 

अभियानका संयोजक सुनबहादुर तामाङले ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताको निरन्तरता नपाए बेलायतमा बस्दै आएका गोर्खालीहरुको चल अचल सम्पती पूर्ण रुपमा पलायन हुने बताए।

उनले गोर्खालीहरुको नागरिकता खोस्नु अन्यायपूर्ण हुने चर्चा गर्दै ब्रिटिस गोरखालीका सन्तानहरुको नेपाली नागरिकताले निरन्तरता पाउनुपर्ने माग गरे। गोर्खाहरुले बेलायत बस्न पाउँ भनेर कहिल्यै माग नराखेको स्मरण गराए।

संयोजक तामाङले भने, “हामी र ब्रिटिस गोरखाका सन्ततीहरुको नेपालको वंशजको नागरिकताले निरन्तरता पाउनुपर्छ । यो मागलाई हामीले नेपालको संविधान २०७२ को निर्माण देखिनै उठाउँदै आएका हौँ । आज आठ वर्ष भएको तर, खासै केही भएन।”

ब्रिटिस गोरखाहरुको पेन्सनमात्रै वर्षेणी २० देखि २२ अर्ब नेपालमा भित्रले गरेकाे तामाङले जानकारी गराए। “यदी गोरखालीहरुलाई विदेशी बनाउने हो भने यो २० देखि २२ अर्ब पैसा पलायन हुन्छ,” उनले भने।

दुई सय वर्षदेखि बेलायतमा गोरखालीहरु कार्यरत रहेको तथा बेलायत सुरक्षित र समृद्ध हुनुमा गोरखालीहरुको ठूलो भुमिका रहेकाे उनले बताए । उनले भने, “यसको लागि गोर्खाहरुले ज्यान दिए सबै चिज दिए,  गोरखालीहरु बेलायतमा बस्न पाउनुपर्छ, यो अंग्रेजको मात्र देश होइन । गोरखालीहरुको पनि देश हो ।”



प्रतिक्रिया दिनुहोस !