१६ आश्विन २०८१, बुधबार

आज सबै संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  28 August, 2023 11:23 am


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिनापछि आज सबै संसदीय समितिको बैठक बस्ने भएको छ ।

निर्वाचनको ९ महिनापछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिएपछि आज संसदीय समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार सबै समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । ९ ओटा समितिको सभापति सर्वसम्मत चयन भए पनि दुई समितिमा भने सहमति हुन सकेको छैन ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !