१६ आश्विन २०८१, बुधबार

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा सुरु

प्रकाशित मिति :  28 August, 2023 12:11 pm


काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ५१औं बैठक प्रारम्भ भएको हो । बैठकले विकास निर्माण र मन्त्रालयगत समस्याहरू समाधानमा छलफल गर्ने छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, सबै उपप्रधानमन्त्री तथा मन्त्री ज्यूहरु, मूख्यमन्त्री ज्यूहरु, मूख्य सचिव तथा सचिव ज्यूहरु, नेपाल राष्ट्र बैंकका गभर्नर, नेपाली सेनाका सेनापति लगायतको उपस्थिति रहेको छ ।

बैठकको सुरुवातमा योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले प्रस्तुति राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !