१६ आश्विन २०८१, बुधबार

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित

प्रकाशित मिति :  28 August, 2023 4:20 pm


काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए । जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको रास्वपाका एक सांसदले बताए ।

योसँगै १० वटै सहमतिले सर्वसम्मत नेतृत्व पाएको छ। दलीय सहमति अनुसार प्रतिनिधिसभाको ९ वटा विषयगत समितिमा आइतबार नै सर्वसम्मत रुपमा सभापति चयन भइसकेका थिए ।



प्रतिक्रिया दिनुहोस !