१६ आश्विन २०८१, बुधबार

कृषिको कार्यक्षेत्र धेरै छ, समन्वयकारी भूमिका निभाउनेछुः आरजु देउवा

प्रकाशित मिति :  28 August, 2023 5:42 pm


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणा देउवा निर्वाचित भएकी छन् ।

सोमवार भएको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य नवलकिसोर साह सुडीले देउवा सर्वसम्मतरुपमा निर्वाचित भएको घोषणा गरेका हुन् । निर्वाचित भएपछि देउवाले सबैसँग समन्वय गरेर समितिको बैठकलाई प्रभावकारी तवरले सञ्चालन गर्ने बताइन् ।

उनले संविधान अनुरूप र जनताको आसा अनुरुप सरकारलाई सुझाव दिने बताइन् । उनले कृषि वृहत क्षेत्र रहेको भन्दै आफूले सदैव समन्वयकारी भुमिका निर्वाह गरेर अघि बढ्ने बताइन् ।

‘समिति बनेको धेरै त भएको छैन । धेरै ब्रिफिङ लिएर पहिले डिसीजन भइसकेको जस्तो लाग्छ । मन्त्रीले पनि समय दिइरहनुभएको छ । मन्त्रालयका सचिवहरूले पनि ब्रिफिङ गरिरहनुभएको छ । धेरै वृहत कार्य भएको क्षेत्र हो । यो कार्यक्षेत्रमा जति पनि माननियज्युहरु हुनुहुन्छ आफ्नो यरीयामा पोख्त, ज्ञानी, अनुभवि हुनुहुन्छ ।’देउवाले भनिन्,’त्यही कारणले समितिको सभापतित्व गर्न जमर्को राखेको हुँ । जतिपनि माननिय ज्यूहरुको प्रश्तुती, उहाँहरुको इन्फरमेसन इन्डेप्थ छ । अन्तर्राष्ट्रिय रुपमा पनि उहाँहरुलाई धेरै कुरा थाह भएको छ । सभापति भनेको कोर्डिनेटरको भुमिका हो । संबिधान अनुरूप र जनताको आशा अनुरुप सरकारलाई दिने पोलीसी,डिरेक्सनहरू र सरकारको काम गर्ने तौरतरिकामा गर्न सक्ने इम्प्रुभ्मेन्टमा सफलताका साथ अगाडी बढोस् भनेर भन्छु ।’

उनले संवद्ध मन्त्रालयलाई आवश्यक अनुसार निर्देशन दिइने र सरकारको काम गर्ने शैलीमा सुधार ल्याउन समितिले अग्रणी भूमिका खेल्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !