१६ आश्विन २०८१, बुधबार

यस्तो रहनेछ आजको मौसम

प्रकाशित मिति :  29 August, 2023 7:54 am


काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। हाल कोशी, मधेश बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका जानकारी अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी भू-भागको एक\दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !