१६ आश्विन २०८१, बुधबार

सन नेपाल लाइफको आइपीओ शुक्रबार बाँडफाँड हुने

प्रकाशित मिति :  29 August, 2023 1:32 pm


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ भदौ १५ गते शुक्रबार आइपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड गरिने भएको छ ।

कम्पनीले गत साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा कुल ७६ लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले जारी गरेको उक्त आइपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७४४ आवेदकबाट कुल १ करोड ७८ लाख ३२ हजार ३०० कित्ताका लागि खरिद आवेदन परेको हो। यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २.३२ गुणा बढी आवेदन हो ।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ । गोलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ७ लाख ६८ हजार जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् ।



प्रतिक्रिया दिनुहोस !