ब्रिटिश पेट्रोलियमले तीन वर्षमा इजिप्टमा ३।५ अर्ब अमेरिकी डलर लगानी गर्ने
प्रकाशित मिति : 29 August, 2023 12:52 pm
काठमाडौँ । उर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिश पेट्रोलियम (बीपी) ले आगामी तीन वर्षमा इजिप्टमा आफ्ना साझेदारहरुसँग ३।५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ ।
इजिप्टको राष्ट्रपति कार्यालयले सोमवार यसबारे एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र बीपीका कार्यकारी निर्देशक बर्नार्ड लुनीबीचको भेटपछि यो घोषणा गरिएको हो ।
लुनिनले लगानीले अनुसन्धान, अन्वेषण र विकासका क्षेत्रलाई समेट्ने बताए । इजिप्टका राष्ट्रपतिले बेलायती कम्पनीको इजिप्टमा बिस्तार भइरहेको र लगानीका साथै ग्याँस र तेलको खोज र उत्पादनमा योगदान हुने विश्वास व्यक्त गरे ।
बीपीले विगत ६० वर्षमा इजिप्टमा ३५ अर्ब अमेरिकी डलर भन्दा बढी लगानी गरेको बताएको छ ।