१६ आश्विन २०८१, बुधबार

यमन संकट समाधानका लागि इजिप्टले सहयोग गर्ने

प्रकाशित मिति :  29 August, 2023 2:15 pm


काठमाडौँ । इजिप्टका विदेशमन्त्री सामेह शौकरीले इजिप्टले यमन संकट समाधान गर्न संयुक्त राष्ट्र संघको भूमिकालाई समर्थन गर्ने बताएका छन् । सोमबार उनले यमन संकट समाधानका लागि संयुक्त राष्ट्र संघको भूमिकालाई इजिप्टले समर्थन गर्ने बताएका हुन् ।

विदेशमन्त्री शौकरीले इजिप्टको राजधानी कायरोमा यमनका लागि संयुक्त राष्ट्र संघका विशेष दूत हान्स ग्रुण्डवर्गसँगको भेटमा सोबारे जानकारी गराएका हुन् ।

बैठकमा शौकरीले यमनको एकता र स्थिरता जोगाउने सबै पक्षहरूका लागि समावेशी राजनीतिक प्रक्रियाको महत्वमा जोड दिए । उनले यमन संकटको राजनीतिक समाधान खोज्ने र यमनका जनताको मानवीय पीडा कम गर्न संयुक्त राष्ट्र संघको प्रयासलाई सहयोग गर्ने इजिप्टको प्रतिबद्धतालाई पनि जोड दिए । यमन सन् २०१४ को उत्तरार्द्धदेखि गृहयुद्धमा फसेको छ ।



प्रतिक्रिया दिनुहोस !