१६ आश्विन २०८१, बुधबार

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ८६ करोडमा सीमित

प्रकाशित मिति :  29 August, 2023 3:51 pm


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक ०.७१ अंकले घटेर ३८२.८५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुहमध्ये ४ वटा उपसमुह बढेका छन् भने बाँकी ९ वटा उपसमुह घटेका छन् ।

मंगलबार कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३ करोड ६२ लाख २ हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन कुथेली बुखरी स्मल हाइडोका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.८३ प्रतिशतले घटेको छ ।

आज २७८ कम्पनीको ४०लाख ६ हजार ७ सय ३९ कित्ता सेयर किनबेच हुँदा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !