१६ आश्विन २०८१, बुधबार

आजदेखि एमसीसी लागू हुँदै, पाँच वर्षे अवधि आजबाट गणना हुने

प्रकाशित मिति :  30 August, 2023 9:34 am


काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) आजबाट नेपालमा पूर्ण रुपमा लागू भएको छ ।

अर्थ मन्त्रालय र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच ६ वर्षअघि भएको मिलेनियम च्यालेन्ज (कम्प्याक्ट) आजदेखि पूर्ण रुपमा कार्यान्वयनमा गएको हो ।

एमसीसी नेपाल कम्याक्टअन्तर्गत कार्यान्वयन हुने विद्युत् प्रशारणलाइन र सडक निर्माणसम्बन्धी आयोजनाको काम इआईएफ मिति घोषणा भएको पाँच वर्षभित्रमा सम्पन्न गरी सक्नुपर्नेछ । यसरी पाँच वर्ष गणना थालिने अवधि आजको दिनदेखि लागु हुनेछ ।

एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ। एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।



प्रतिक्रिया दिनुहोस !