१६ आश्विन २०८१, बुधबार

विपक्षी पार्टीद्धारा जिम्बाबेमा निर्वाचन नतिजा अस्वीकार, पुनः निर्वाचनको माग

प्रकाशित मिति :  30 August, 2023 1:57 pm


काठमाडौँ । जिम्बाबेको नागरिक गठबन्धन फर चेन्ज (सीसीसी) पार्टीले अगस्ट २३–२४ को निर्वाचनबाट राष्ट्रपतिमा निर्वाचित इमर्सन मनन्गाग्वाको जितलाई अस्वीकार गर्दै नयाँ निर्वाचनको माग गरेका छन् ।

अगस्ट २३ मा भएको निर्वाचनले जिम्बाबेका जनताको वास्तविक चाहना पूरा गर्न नसक्ने र निर्वाचन धाँदलीयुक्त भएको उनीहरूको भनाइ छ ।

जिम्बाबे निर्वाचन आयोग (जेडइसी)द्धारा शनिबार घोषणा भएको नतिजाअनुसार मनन्गाग्वाले कुल मतको ५२।६ प्रतिशत मत प्राप्त गरेका थिए । उनका मुख्य प्रतिस्पर्धी सीसीसीका नेता नेल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।

सिजिबाले निर्वाचन प्रक्रियामा अनियमितता भएको दाबी गरेका छन् । उनले दक्षिण अफ्रिकी विकास समुदाय (एसएडीसी) र अफ्रिकी युनियन (एयु) लगायतका अन्तर्राष्ट्रिय निकायहरूको पर्यवेक्षणमा देशले नयाँ निर्वाचनको तयारी गर्नुपर्ने बताए । उनले यो चुनाव देशको आवश्यकता पूरा गर्न सबै किसिमले असफल रहेको बताए ।

निर्वाचनपछि आफ्नो पहिलो सम्बोधनमा आइतबार राज्यसभामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मनान्गाग्वाले निर्वाचन पारदर्शी भएको बताएका थिए । निर्वाचन शान्तिपूर्ण, पारदर्शी र निष्पक्ष भएकोसमेत उनको दाबी छ । निर्वाचनमा कुनै हिंसा नभएकाले र जिम्बाबेवासीको मतलाई कदर गर्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !