फ्रान्समा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन प्रतिबन्ध
प्रकाशित मिति : 30 August, 2023 2:04 pm
काठमाडाैँ । फ्रान्सले सेप्टेम्बर ४ बाट शुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकाहरूलाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ ।
एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरुमा अबाया लगाउने अनुमति नदिइने बताएका हुन् । उनले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरुको लागि लागि राष्ट्रिय स्तरमा स्पष्ट नियमहरु स्थापना गर्ने आफ्नो उद्देश्य रहेको बताए ।
केही समय यता अबाया लगाउने घटनाका काराण् मन्त्री विवादित बनेका छन् ।