१६ आश्विन २०८१, बुधबार

समितिको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभामुखको निर्देशन

प्रकाशित मिति :  30 August, 2023 2:20 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिहरूको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरूलाई निर्देशन दिएका छन् ।

बुधवार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिहरूसँग भएको बैठकमा सभामुख घिमिरेले समितिको कामलाई प्रभावकारी ढंगले अगाडी बढाउन निर्देशन दिएका हुन् । उनले समितिमा आउने विधेयकहरूलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकबारे जानकारी दिँदै उनले भने, ‘निर्णयहरू अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरू अब समितिमार्फत पूरा गर्ने । र समितिहरूलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरू भयो । खासगरी आएका विधेयकहरू समितिमा गएका छन् ।’

अर्थ समितिका सभापति सन्तोष चालिसेले बैठकमा समितिहरूले देशको अवस्थालाई मध्यनजर गर्दै चाँडोभन्दा चाँडो सहि ढंगले काम गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनले समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन पनि गराउनुपर्नेमा बैठकले जोड दिएको बताए ।

‘आर्थिक हिसावले अहिले पनि हामी कमजोर अवस्थामा छौँ । बजार चलायमान नभएको अवस्थामा छौँ । व्यापार घाटाको अवस्थामा छौँ । निर्यात कमजोरी छ । आयात वृद्धि भइरहेको अवस्था छ । रेमिट्यान्स्ले मात्रै मुलुक धानिनुपर्ने अवस्था छ । यसबाट पार पाउनका लागि हामीले लिनुपर्ने निर्णयहरु र दशवटै समितिले खेल्नुपर्ने आ–आफ्नो भुमिकाहरू हामीले एकदमै आफूलाई देशको लागि साक्षि राखेर काम गर्नुपर्ने अवस्था भएको हुनाले चाँडै भन्दा चाँडै सही ढंगले काम थाल्नुप¥यो । सहि ढंगले निर्णय गर्नुप¥यो । निर्णय गर्ने मात्रै होइन निर्णयलाई लागू पनि गर्नुप¥यो । भन्ने विषयमा आज निर्देशनहरु भए । छलफलहरु भए’, उनले भने ।

त्यसैगरी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बैठकमा समितिले हाल गरिरहेका कामहरू र विधेयकसँग सम्बन्धित कामहरूको कार्यप्रगतिको सम्बन्धमा छलफल भएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !