१६ आश्विन २०८१, बुधबार

एमएसीसी सम्झौताबारे गरिएको व्याख्यात्मक टिप्पणी झुट हो : ओली

प्रकाशित मिति :  30 August, 2023 2:22 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे गरिएको व्याख्यात्मक टिप्पणी झुट भएको बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले एमसीसी सम्झौताबारे नेपालमा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको अर्थ नरहेको र जनतालाई झुक्याउन गरिएको कागजको खोस्टो मात्र भएको बताए ।

बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीका क्रममा उनले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने बताए।

‘संसद्ले‍ अनुमोदन गरेको कुरा अब कार्यान्वयनमा जान्छ’, ओलीले भने ‘त्यो १२ बुँदे घोषणा भन्ने जुन झुटको खेस्रो छ, त्यो झुटको खेस्रो सत्तापक्षले नेपाली जनतालाई दिएको धोका मात्रै हो, ।’

एमसीसीबारे तत्कालीन सरकारले जनतालाई ढाँटेको छ, तत्कालीन प्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रीसम्मले १२ बुँदे व्याख्यात्मक घोषणा भनेर नेपाली जनतालाई झुक्याएको आरोप लगाए ।

‘तत्कालीन सरकारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीले सांसदलाई धोका दिनुभयो, झुट बोल्नुभयो। प्रभाव पारेर पास गराउने गलत बाटोमा जानुभयो,’ ओलीले भने, ‘पहिला नै पास गर्दा ठीक हुन्छरु हुँदैन भनेर छलफल गर्नुपर्थ्यो। तर त्यसो भएन।’

ओलीले अमेरिकाले पहिले नै १२ बुँदेबारे आफूहरुलाई सरोकार नभएको जवाफ दिइसकेको भन्दै व्याख्यात्मक टिप्पणी अमेरिकाले नमान्ने दावी गरे ।



प्रतिक्रिया दिनुहोस !