१६ आश्विन २०८१, बुधबार

पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन सक्दैन : मन्त्री किराँती

प्रकाशित मिति :  30 August, 2023 2:44 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताएका छन् ।

बुधवार काठमाडौँमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए ।

उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझ्याउनको लागि तत्काल आउन नसक्ने बताए । उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको पनि बताए ।

मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताए ।

उनले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शुन्य बनाएर छाड्ने बताए । मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए ।

उनले दुई छिमेकी राष्ट्रको जनसंख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवद्र्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कयता रहेको बताए ।

मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छ्न् । उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा सबैभन्दा पहिला मन्त्री पद त्याग्नुपर्छ भने मन्त्री पद त्याग्न तयार रहेको बताए । मन्त्री किराँतीले आफू मन्त्री हुनको लागि नजन्मिएको भन्दै राष्ट्रिय आवश्यकता अनुसार तत्काल कुर्सी छोड्न तयार रहेको समेत बताए ।आजदेखि टुरिस्ट बस एशोसिएशन अफ नेपालले टुरिस्ट बसको टिकट अनलाइनको माध्यमबाट काट्न सक्नेगरी ‘टुरिस्ट बस नेपाल’एप्स सञ्चालनमा ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !