१६ आश्विन २०८१, बुधबार

युवा तथा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुको बजार प्रवद्र्धन गर्न स्याट्रडे मार्केटको सुरुवात

प्रकाशित मिति :  30 August, 2023 4:20 pm


काठमाडौँ । उद्योग संगठन मोरङ, महिला उद्यम समिति र नेपाली युवा उद्यमी मंच विराटनगर च्याप्टर (एनवाइईएफ) को सहकार्यमा २०८० भाद्र १६ गते देखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादन स्याट्रडे मार्केट सुरुवात हुने भएको छ ।

यस क्षेत्रका घरेलु तथा साना उद्योग, युवा तथा महिला उद्यमीहरूद्धारा उत्पादित वस्तुको बजार प्रवद्र्धन, उद्यमशिलता विकासमा टेवा एवं प्रोत्साहनका साथै स्थानीय आर्थिक विकासमा सघाउ पु¥याउने उद्देश्यका साथ १६ गतेदेखि प्रत्येक शनिवार मेरो देश, मेरो उत्पादन स्याट्रडे मार्केट सुरुवात हुन लागेको हो ।

युवा तथा महिलाहरूमा निहित शिपलाई प्रयोग गरी स–साना परिणाममा घरमै वसेर उत्पादन गरेको वस्तूहरुका साथै घरेलु तथा कुटिर उद्योगका उत्पादनहरू बजारको अभाव र पहिचानको अवसरबाट वन्चित भई लोपभईरहेको अवस्थामा त्यस्ता वस्तुलाई लक्षित वर्गसम्म पु¥याई आयआर्जनको माध्यमबाट स्वरोजगारी अभिवृद्धि गर्ने उदेश्यले सुरुवात गर्न लागेको जनाएको छ ।

संगठनको प्राङगणमा हुन लागेको यस बजारमा १७ देखि २१ सम्म वटा स्टल रहनेछन भने प्रति स्टल रु। ३००÷– शुल्क तोकिएको छ । बजारमा घरायासी प्रयोजनका सामग्रिहरु, ताजा तरकारी तथा फलफुल, मह, अचार, हस्तकलाका सामाग्रिहरु, दैनिक खाद्य वस्तुहरू, पहाडी जिल्लाका अर्गेनिक उत्पादनहरू, गार्मेन्ट तथा श्रृगारका सामाग्रि लगायतका वस्तु रहने जनाइएको छ । साप्ताहिक बजारमा विराटनगर लगायत आसपासका घरेलु तथा साना उद्योग, महिला, युवा उद्यमीहरूको सहभागिता रहने उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !