१६ आश्विन २०८१, बुधबार

सिराहाकाे अम्बासमा एमालेको सचिवालय बैठक जारी

प्रकाशित मिति :  30 August, 2023 4:30 pm


काठमाडौँ । नेकपा (एमाले) को सचिवालय बैठक सिराहामा शुरु भएको छ । एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १४ स्थित सर्रे अम्बासमा बुधवार दिउँसो बैठक शुरु भएको हो ।

बैठकमा पार्टीको मिसन ग्रासरुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरूले बताएका छन् ।

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरू आजै त्यहाँ पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्ने एमालेले जनाएको छ ।

सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्य सहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !