१६ आश्विन २०८१, बुधबार

बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट

प्रकाशित मिति :  31 August, 2023 12:55 pm


काठमाडौँ । स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरकारी खरिद गर्दा स्मार्ट क्यूआरमार्फत भुक्तानीमा पुनः छुट दिने भएको छ ।

उक्त छुट अफर अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस छुट अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा हरेक बुधबार र शनिबार छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार स्मार्ट क्यूआरमा आवद्ध विभिन्न बैंक तथा वित्तीय संस्था, वालेट तथा विभिन्न सहकारीका एप मार्फत ग्राहकहरूले बिग मार्टका सबै शाखाहरूमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

साथै स्मार्ट क्युआर र नेपाल पे क्यूआर अन्तर आबद्धता सुचारु भएसँगै नेपाल पेमा आबद्ध भै स्मार्ट क्यूआरमा भुक्तानी गर्न सुचारु गरेका विभिन्न बैंक तथा वालेटहरूले पनि छुट प्राप्त गर्न सक्ने छन् ।



प्रतिक्रिया दिनुहोस !