१६ आश्विन २०८१, बुधबार

चुच्चे नक्सा नसमेटेको विरोधमा बालेनको पूर्वनिर्धारित चीन भ्रमण रद्द

प्रकाशित मिति :  31 August, 2023 1:21 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले चीन भ्रमण नजाने भएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत शाहले चीनको निमन्त्रणामा हुन लागेको ५ दिने भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका हुन् ।

चीन सरकारको निमन्त्रणमा पर्यटन प्रवद्र्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बालेनको बेइजिङ उड्ने तय भएको थियो ।

तर मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

नेपालले २०७७ साल जेठ ७ गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा संसदबाट पारित गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !