१६ आश्विन २०८१, बुधबार

विदेश जानैपर्छ भन्ने नेपालीहरूको मानसिकता परिर्वतन गर्न आवश्यक छः मन्त्री महत

प्रकाशित मिति :  31 August, 2023 4:56 pm


काठमाडौँ । अर्थमन्त्री डा।प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले अर्थमन्त्री महतले राष्ट्रिय रूपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरूको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा नै धेरै अवसरहरू भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरू राम्रो विश्वविद्यालयहरूमा नगएको भन्दै उनीहरूले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए ।

उनले नेपालमा इन्जिनियरिङ पढ्नेहरू अन्तर्राष्ट्रिय राम्रो क्याम्पसहरूमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भएपनि कक्षा १२ बाट नै ४० हजार विद्यार्थी बाहिर जाने गरेको बताए । अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए । उनले पछिल्लो समय ठूलो संख्यामा युवाहरू आइटीमा लागे पनि करको दायरामा भने नआएको बताए । महतले नेपालबाट बेलायतमा १०० मिलियन पाउण्ड बराबरको सट्वयेरहरू निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे ।

उनले आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !