१६ आश्विन २०८१, बुधबार

संरचनागत सुधार नगरे मुलुकमा सजिलै वैदेशिक लगानी आउन सक्दैन : पूर्व अर्थमन्त्री शर्मा

प्रकाशित मिति :  31 August, 2023 5:27 pm


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले नेपालमा लगानीका प्रशस्त सम्भावना भएपनि लगानीका सम्भावनाहरूलाई परिचालन गर्न नसकेको बताए ।

उनले नेपालमा आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको बताए । उनले सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरूले आवश्यकताको आधारमा काम गर्न नसकेको बताए ।

‘नेपालमा लगानीका प्रशस्त सम्भावना छन् । तर लगानीका सम्भावनाहरुलाई परिचालन गर्न सकिरहेका छैनौं । आर्थिक दृष्टिकोणले हेर्दा लगानीको अभाव महशुस भइरहेको छ । प्राप्त मात्रामा छैन’ उनले भने, ‘सरकारले आर्थिक कुटनीतिकको क्षेत्रमा मेहनत र प्रयास गरिरहेको छैन । सरकारका संरचनाहरु छन् । तर आवश्यकताको आधारमा काम हुन सकेको छैन ।’

उनले मुलुकको संरचनागत सुधार आजको आवश्यकता भएको दाबी गरे । पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन, अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कुटनीतिक नीतिको कारण प्राप्त गरिरहेको बताए । उनले वैदेशिक लगानी ल्याउनको लागि नेपालले प्रयासहरूलाई बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले वैदेशिक लगानी ल्याउँदा पनि नेपाल सरकारलाई चुनौतिहरू रहेको बताए ।

उनले नेपालको अर्थ कुटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताए । उनले वैदेशिक लगानी पनि नेपालमा समस्याको रुपमा देखिने गरेको बताए ।

उनले सरकारले आर्थिक रूपमा समृद्धि ल्याउनको लागि संरचनागत सुधार र स्थिर राजनीतिक आवश्यक रहेको बताए । उनले अस्थिर राजनीतिक भएसम्म आर्थिक वृद्धि हुन नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !