७ आश्विन २०८१, सोमबार

कृषिलाई प्राथमिकतामा राखेमात्रै देशको विकास सम्भव छ : राजेश हमाल

प्रकाशित मिति :  31 August, 2023 6:30 pm


काठमाडौँ । महानायक  राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन् । बिहीबार काठमाडौँ आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

हमालले नेपालको विकास गर्न कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए । उनले नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका हुन् । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको उनले बताए ।

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म (रअ)कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन हमालले गर्नेछन् । दुवैतर्फ एक÷एक विजेता चयन हुनेछन् । विजेताले १० लाखभन्दा बढी नगद पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !