१६ आश्विन २०८१, बुधबार

शुक्रवार भारी वर्षाकाे सम्भावना छैन, चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने

प्रकाशित मिति :  1 September, 2023 7:34 am


काठमाडाैँ । शुक्रवार देशभर भारी वर्षाकाे सम्भावना नरहेकाे जल तथा माैसम विज्ञान विभागले प्रकाशन गरेकाे माैसम पूर्मानुमान बुलेटिनमा उल्लेख छ । 

विभागका अनुसार कोशी प्रदेशका केही तथा बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

वर्षा सम्भावित क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुराेध गरिएकाे छ । 



प्रतिक्रिया दिनुहोस !