१६ आश्विन २०८१, बुधबार

नेकपाद्वारा एमसिसीविरुद्ध आन्दोलन घोषणा,चीनले जारी गरेको नक्सा विरुद्ध दूतावासमा ज्ञापन पत्र बुझाउने

प्रकाशित मिति :  1 September, 2023 12:24 pm


काठमाडौँ । अमेरिकी आर्थिक सहयोग परियोजना (एमसिसी) कार्यान्वयनमा गएसँग विप्लव नेतृत्वको नेकपाल चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

आज विहान पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको स्थायी समिति वैठकले एमसिसीविरुद्ध (राष्ट्रिय स्वाधिनताको आन्दोलन) संयुक्त संघर्ष उठाउन पहल गर्ने निर्णय गर्दै संघर्षको कार्यक्रम घोषणा गरेको हो ।

घोषित कार्यक्रम अनुसार भदौ १९ गते पाल्पा,२० गते रुपन्देही,२१ गते नवलपरासी, हेटौडा,नुवाकोट र धादिङमा २३ गते देशभक्त वामपन्थी र एमसीसी परियोजना विरुद्ध रहेका शक्तिहरूसँग अन्तरक्रिया कार्यक्रम तय भएको छ ।

बैठकले सबै पार्टी र क्षेत्रमा रहेका देशभक्त र राष्ट्रवादीहरूसँग सहकार्य गर्दै जनजागरण पैदा गर्ने भनेको छ । नेकपाले असोज १ गते देखि १५ गतेसम्म एमसीसी विरुद्ध मार्चपास अभियान संचालन गर्ने निर्णय गरेको छ ।

एमसिसी विरुद्ध पहिलो चरणको संघर्षको कार्यक्रम सकिए लगत्तै दोस्रो चरणको संघर्षको कार्यक्रम घोषणा हुने नेकपाले जनाएको छ ।

यस्तै बैठकले समाजवादी मोर्चालाई निरन्तरता दिँदै नेपाली विशेषताको समाजवाद वहस सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ ।

नेकपाले चीनले जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सा नराखेकाले चिनियाँ दूतावसमा स्मरणपत्र बुझाउने निर्णय समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !