१६ आश्विन २०८१, बुधबार

विषालु च्याउ सेवन गर्दा एकै परिवारका दुई जनाको मृत्यु

प्रकाशित मिति :  1 September, 2023 1:05 pm


काठमाडौं । बझाङमा विषालु च्याउ सेवन गर्दा एकै परिवारमा दुईजनाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका(६ नौरामा जङ्गली विषालु च्याउ खाँदा ७ वर्षीय एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतले मृत्यृ भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

च्याउ खाएर गम्भीर बिरामी भएकी एन्जिलाको हिजो बिहान र उनका दाजुको हिजो राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

च्याउ खाएकामध्ये २ जनाको मृत्यु भइसकेको र आमाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

घरमा भएका ५ सदस्य मध्ये एक छोरी र बुवा घर बाहिर गएको कारणले बाच्न सफल भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !