१६ आश्विन २०८१, बुधबार

भोली काठमाडौं र ललितपुरका यि स्थानमा हुनेछ विद्युत् आपूर्ति बन्द

प्रकाशित मिति :  1 September, 2023 2:50 pm


काठमाडौं । काठमाडौं र ललितपुर जिल्लाका केही क्षेत्रमा शनिबार साढे ८ घन्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै काठमाण्डौका रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने जानकारी गराएको छ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेको प्राधिकरणले जनाएको छ। सोही कारणले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले जारी गरेकाे सूचनामा विद्युत आपूर्ति सकेसम्म कम प्रभावित हुने गरी सबै फिडरमा नियमित विद्युत आपूर्ति गर्ने प्रयास गरिने पनि प्राधिकरणले जनाएको छ। निर्धारित समयअघि कार्य सम्पन्न भएमा प्रभावित लाइन सुचारु गरिने उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !