१६ आश्विन २०८१, बुधबार

माओवादीको विशेष रुपान्तरण अभियान भोलिदेखि, २५ लाख मतदातासँग भेट्ने

प्रकाशित मिति :  1 September, 2023 4:40 pm


काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान शनिवार(भोलि)देखि शुरु गर्ने भएको छ । माओवादीले गत साउन १७ गतेदेखि २१ गतेसम्म बसेको केन्द्रिय कमिटी बैठकको निर्णय अनुरुपको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान देशभरका सबै वडामा शनिवार एकैसाथ शुरु गर्ने भएको हो ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले शनिवार बिहान ९ बजे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले भर्चुअल माध्यमबाट अभियानको उद्घाटन गर्ने जानकारी दिए।

त्यसैगरी शनिवार नै दिउँसो १ बजे सबै वडाहरूले कार्यक्रम राखि अभियानको प्रारम्भ गर्ने बताए । अभियानको लागि माओवादी केन्द्रले सबै केन्द्रिय कमिटी सदस्यहरूलाई कार्यक्षेत्र तोकिसकेको छ । अभियानको शुभारम्भ गर्न पार्टीका पदाधिकारीहरू खटिइसकेका उनले बताए । जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल चन्द्रागिरी नगरपालिका वडा नम्बर २ काठमाडौँ घट्टेडाँडाँ पार्कको कार्यक्रममा सहभागित जनाउने छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धि ललितपुरमा जाने छन् । उपाध्यक्षहरूमा कृष्णबहादुर महरा सुनछहारी गाउँपालिका जेलवाङ रोल्पा, अग्निप्रसाद सापकोटा लिसंखुपाखर वडा नम्बर ३ सिन्धुपाल्चोक र पम्फा भुसाल ललितपुर महानगरपालिका वडा नम्बर २२ ललितपुरको जिम्मेवारी लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका वडा नम्बर ८ भोटेओडार लमजुङको जिम्मेवारी लिएका छन् भने उपमहासचिवहरू गिरीराजमणि पोखरेलले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ काठमाडौं, वर्षमान पुनले काठमाडौँ महानगरपालिका वडा नम्बर १६ गंगबु काठमाडौँ, हरिबोल गजुरेलले कमलामाई नगरपालिका सिन्धुली, जर्नादन शर्माले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ काठमाडौँ, शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका वडा नम्बर १ जाजरकोट र मात्रिकाप्रसाद यादवले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ सुर्खेतको जिम्मेवारी लिएका छन् ।

त्यसैगरी सचिवहरूमा दिनानाथ शर्मालाई वागलुङ नगरपालिका वडा नम्बर १२ वागलुङ, चक्रपाणि खनाललाई विराटनगर नगरपालिका वडा नम्बर १८ मोरङ, देवेन्द्र पौडेललाई पोखरा महानगरपालिका वडा नम्बर२० कास्की, लिलामणि पोखरेललाई बर्दिवास नगरपालिका महोत्तरी, गणेश साहलाई काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वर काठमाडौँ, हितमान शाक्यलाई सिस्ने गाउँपालिका वडा नम्बर ६ रुकुमपूर्व, हितराज पाण्डेलाई पालुङटार नगरपालिका वडा नम्बर ६ गोरखा, डिलाराम आचार्यलाई धनगढी उपमहानगरपालिका वडा नम्बर १६ कैलाली, सुरेन्द्रकुमार कार्कीलाई बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ झापाको जिम्मेवारी तोकिएको छ भने कोषाध्यक्ष श्रीराम ढकाललाई चन्द्रागिरी नगरपालिका वडा नम्बर २ काठमाडौँको जिम्मेवारी दिइएको जानकारी दिए ।

माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको नारा ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ राखेको छ । अभियानको क्रममा त्यस्तै नविकरण र बिस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या ८ लाख पु¥याउने लक्ष्य राखिएको जनाइएको छ । अभियानको क्रममा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !