१६ आश्विन २०८१, बुधबार

स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते

प्रकाशित मिति :  1 September, 2023 5:00 pm


काठमाडाैँ । स्याङ्जाको गल्याङ नगरपालिकामा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी पावल सिंह लामाका अनुसार घाइते हुनेमा गल्याङ नगरपालिका वडा नम्बर ४ बस्ने १९ वर्षीय शिवम गाहा रहेको छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ३ भञ्याङस्थित सिद्धार्थ राजमार्गमा जिरोबाट गल्याङतर्फ आउँदै गरेको प्रदेश ३ -० २- ० ११ प ७५८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको नालामा पल्टिदा गाहा घाइते भएका हुन् ।

उनलाई उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !